भीर र रुखबाट लडेर दुई जनाको मृत्यु

0
95

माघ २४,२०७९ : भीर र रुखबाट लड्दा एकै दिन पाँचथरको फिदिम नगरपालिकाका २ जनाको ज्यान गएको छ।

भीरबाट लडेर फिदिम १३ का ३८ वर्षीय मनोज नेम्वाङ र रुखबाट झरेर फिदिम ५ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फेको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार दुवै जनाको सोमवार साँझ ज्यान गएको हो। उनीहरूमध्ये फिदिम १३ लुङरुपा निवासी नेम्वाङको फिदिम ७ नाङलापा भित्री सडकमा पर्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको थियो।

यस्तै सम्बाहाम्फेको घाँस काट्ने क्रममा फिदिम ५ मै रुखबाट लडेर ज्यान गएको हो। रुखबाट झर्दा गम्भीर घाइते भएका सम्बाहाम्फेका उपचारका लागि पाँचथर अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो।

कुम्मायक गाउँपालिका ३ रानिगाँउ घर भएका सम्बाहाम्फे फिदिम ५ का रामकुमार तुम्बापोको घरमा कामदारका रूपमा बस्दै आएका थिए ।

SHARE