सभामुखद्धारा सहिदहरुप्रति श्रद्धासुमन

0
225

माघ १६,२०७९ रुपन्देहीः आज माघ १६ गते सहिद दिवस । सहिद दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहिदहरुप्रति श्रद्धासुमन व्यक्त गर्नु भएको छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्म आईपुग्न नेपालीहरुको अथक मेहनत, परिश्रम, त्याग वलिदान र समर्पण रहेको जनाउनु हुदै उहांले सामाजिक न्याय, आर्थिक संमृद्धि र नागरिक सर्वोच्चता सहितको स्वाधीन समतामुलक सम्मुनत समाज निर्माणमा लाग्न दिवसबाट अभिप्रेरणा मिलोस भन्ने आशा एवं विश्वास प्रकट गर्नुभएको छ ।

सोमवा जारी विज्ञप्तीमा भनिएको छ– आज माघ १६ गते एतिहासिक सहिद दिवस । यस दिवसको सन्दर्भमा म नेपालको प्रथम सहिद लखन थापा, जहा“निया राणा शासनका विरुद्धको लडाईमा प्राण आहुति दिने धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री लगायत जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदीवासी जनजाति आन्दोलन लगायत न्याय र परिवर्तनको लागि भएका सम्पुर्ण क्रान्ति र आन्दोलनहरुमा आफ्नो ज्यानको आहुति दिने महान् वीर सहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गदै उच्च सम्मान व्यक्त गर्दछु ।’

सभामुख घर्ती मगरले महान् सहिदहरुले देखाएको सत्मार्गमा प्रतिवद्ध रहन यो दिवसले सम्पुर्ण प्रदेशवासीमा हौसला, उर्जा, साहस, उत्प्रेरणा प्रदान गर्ने विश्वास लिएकोे जनाउनु भएको छ ।

उहांले परिर्वनका क्रममा विभिन्न चरणका क्रान्ति र आन्दोलनहरुमा नेपाल आमाका धेरै सपुतहरुले रगत पसिना बगाउनु परेको र सहिदहरुको वलिदानीबाट स्थापित सार्वभौमसत्ता, राष्ट्यि अखण्डताको रक्षा गर्दै समाजवाद उन्मुख संवैधानीक व्यवस्थालाई अझै उन्नत र परिस्कृत गर्न सकेको खण्डमा मात्रै सहिदहरु प्रति सच्चा सम्मान र बलिदानीको सार्थकता पुरा हुने उल्लेख गर्नु भएको छ ।

SHARE