विद्यालय सुधारका लागि प्रभावकारी बन्दै सुशासन मापन विधि

0
577

पुस , २४,२०७६ गुल्मी  : विद्यालयको समग्र सुशासन र सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि कार्यान्वयन भइरहेको सुशासन मापन विधि न्न्द्य प्रभावकारी बन्दै गइरहेको पाइएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीले पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत जिल्लाको गुल्मीदरबार गाउँपालिका २ जुभुंगको काभ्रेपोखरी माध्यमिक विद्यालय र छत्रकोट गाउँपालिका ३ को हर्दिनेटा माध्यमिक विद्यालयमा विगत १ वर्षदेखि उक्त विधिको कार्यान्वयन गरिरहेको छ ।
यस कार्यक्रमले विद्यालय सुधारका लागि के कस्तो सहयोग गरेको छ भन्ने विषयमा पुस २३ गते दुईवटै विद्यालयमा गरिएको अन्तरक्रियात्मक छलफलमा उक्त कुरा पाइएको हो । विद्यालय व्यवस्थापन समितिको बैठक नियमित गर्न, निर्णय प्रक्रियामा समुदायको सहभागिता बढाउन, वार्षिक योजना र विद्यालय सुधार योजनाको सही रुपमा कार्यान्वयन गर्नका लागि कार्यक्रमले सहयोग पु¥याएको सहभागीहरुले बताए । काभ्रेपोखरी माविका व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर खड्काले विद्यालयले गर्नुपर्ने अनिवार्य कामहरुलाई समयमा नै पुरा गर्न कार्यक्रमलेसचेत बनाएको बताए । नागरिक समाज संस्थाको निगरानीले सुधारका लागि मदत पुगेको समेत उनले बताए । यसैगरी मैण्डाँडा मावि व्यवस्थापन समितिका अध्यक्ष नरपति काफ्लेले सुशासन भनेको आत्म अनुशासन भएकोले जवाफदेही निकायमा बसेको प्रत्येक व्यक्ति जिम्मेवार बन्नुपर्नेमा आफुहरु सजग भएको बताउँदै सहयोगका लागि संस्थालाई धन्यवाद दिए ।
छलफलमा एफएचआई ३६० का प्राविधिक सल्लाहकार जोसेफ सानी, सुशासन सल्लाहकार प्रणव भट्टराई, एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हिरा अर्याल लगाएतले सहजीकरण गर्नुभएको थियो ।

सामाजिक जवाफदेहिताका औजारहरुमध्ये एक नयाँ औजारको रुपमा रहेको सुशासन मापन विधिअन्तर्गत सहभागिता, पारदर्शिता, जवाफदेहिता, विधिको शासन, समता लगाएतका क्षेत्रमा सेवाप्रदायक र सरोकारवालाले स्वमूल्यांकन गरी सुधारको लागि कार्ययोजना तयार पार्ने गर्दछन् । उक्त कार्ययोजना कार्यान्वयनका लागि अनुगमन तथा मुल्यांकन समिति बनाई विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक लगाएत सरोकारवालाले कार्यान्वयन भए नभएको समीक्षा समेत गर्दछन् ।
एकीकृत ग्रामीण विकास समाज गुल्मीले युएसएआइडी को आर्थिक सहयोग र एफएचआई ३६० संगको सहकार्यमा नागरिक समाजको क्षमता अभिवृद्धि र सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले गुल्मी र अर्घाखाँचीमा पारस्परिक जवाफदेहिता परियोजना सञ्चालन गरिरहेको छ ।

SHARE