अवैध उत्खनन्मा संलग्न ६ वटा ट्याक्टर नियन्त्रणमा

0
156

देउखुरी, मङ्सिर १८ गते : दाङको राप्ती नदीको बिभिन्न ठाउँमा थुपारेर राखिएको ढुंगा गढवा गाउँपालिकाले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा उत्खनन् गरी विक्रि वितरणको लागी थुपारिएको अवस्थामा ढुंगा जफत गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो । ४७ ट्राली ढुंगा जफत गरिएको छ । मनपरी नदिजन्य पदार्थ ओसारपसारको गरिरहेको अवस्थामा ६ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

गढवा गाउँपालिका र इलाका प्रहरी कार्यालय गढवाको टोलीले संयुक्त टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो । अवैध उत्खनन्मा संलग्नहरुको पहिचानगरी कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

नदी क्षेत्रमा थुपारिएको ढुंगा जफत गर्ने काम भएको हो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले अनुगमन गर्दा अबैध ढुङ्गा फेला पारेर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

पालिकाले नियन्त्रणमा लिएको ढुंगालाई विपद् व्यवस्थापनको काम र बाँकी ढुंगालाई लिलामी गरेर विक्रि गर्ने जनाएको छ । यसभन्दा पहिलेपनि पालिकाले अबैध रुपमा उत्खनन् गरेर संकलन गरिएको ढुङ्गा नियन्त्रणमा लिएको छ ।

 

SHARE