प्रदेशसभाको पहिलो बैठक दाङमै राख्नेगरी तयारी तिव्र

0
233

दिवाकर पोख्रेल
देउखुरी, मङ्सिर १७ गते : पहिलो कार्यकालमा नाम र स्थायी राजधानी टुङ्गाएको लुम्बिनी प्रदेशकले दास्रो कार्यकालमा थालनी स्थायी राजधानी दाङबाटै गर्ने गरी शुरुवात थालेको छ । नाम लुम्बिनी र ठाउँ दाङको राप्ती उपत्यका देउखुरीलाई तोकेपनि राजधानी कार्यान्वयनको काम सुस्त गतिमा चालेको थियो । अहिले प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन सकेर राजधानीको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारकै काममा लुम्बिनी प्रदेश सरकार लागेको छ ।

 

नव निर्वार्चित प्रदेश साँसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ देउखुरीमै सफथ खुवाउने र प्रदेशसभाको बैठक पनि दाङमै राख्नेगरी कामलाई तिव्रता दिइएको हो । राजधानीसंग सम्बिन्धित भौतिक पुर्वाधारको कामलाई गति दिलानको लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती गाउँपालिकाको भवनमा कार्यालय स्थापना गरी कामको निगरानी थाल्नु भएको छ ।

 

अहिले प्रदेशसभा भवनको काम सकिएको छ । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मन्त्रीपरिषद बैठक कक्ष,प्रदेशका अन्य प्रशासनिक केन्द्र, मुख्यमन्त्री निवास पनि वनिरहेको छ । पहिलो कार्याकालमा अस्थायी मुकाम बुटवलबाटै भएपनि अबको सबै काम स्थायी राजधानी दाङबाटै संचालन गर्ने भौतिक निर्माणको कामलाई तिव्रता दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यान्वयनकै लागि राप्ती प्राविधिक शिक्षालयलाई स्थान्तरण गरिएको जानकारी दिदै राजधानी कायान्वयन हुँदैन की भन्ने आशयले शंका नै नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बैधानिक हिसावले प्रदेशसभाबाट स्थायी राजधानी तोकेर राजपत्रमा प्रकासन गरेर यस्को बैधानिकतामा पूरा भएको छ, यस्को ठाउँको बारेमा फेरी पनि प्रश्न उठाउने संवैधानिक अधिकार अब छैन,प्रदेशसभाले तोकेकै स्थानबाट राजधानीसंग सम्बन्धित गतिविधी हुनेगरी काम तिव्र भइरहेको छ ।” कर्मचारीले विज्ञप्ती निकालेर भौतिक पूर्वाधार विना आफुहरुले दाङबाट सेवा सुविधा दिन नसक्ने आशय व्यक्त गरेपछि लुम्बिनी प्रदेश सरकार राजधानीको लागि आवश्यक पर्ने भौतिक संरचना पूर्ण गराउने तर्फ लागेको हो ।

राजधानीको विषयमा क्षेत्रगत रुपमा फरक फरक मत आउन थालेपछि दाङ देउखुरीका सरोकारवालहरुले पनि उत्तिकै चासो दिन थालेका छन् । दाङबाट निर्वार्चित प्रतिनीधी तथा प्रदेश साँसद र स्थानीय सरकारका प्रमुखहरुले राजधानी कार्यान्वयनमा आइपर्ने चुनौतीको विषयमा सारोकारवालासंग छलफल समेत चलाएका छन् ।

यसैविच राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ती जारीगरी प्रदेश सरकारलाई आवश्यक पर्ने काममा अतिरिक्त सेवा दिएर भएपनि आफुहरुले राजधानी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दाङको राप्ती गाउँपालिकाले पनि प्रदेश सरकारको लागि आवश्यक पर्ने सबै सहयोग गर्ने र आवश्यक परे पालिका मातहतका कार्यालय तथा भौतिक संरचना उपलव्ध गराउने जनाएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पालिकाको कार्यालयमै वा पालिका क्षेत्रमा रहेका भौतिक संरचना र कर्मचारीलाई आवश्यक पर्ने आवास सुविधा उपलव्ध गराउनेप्रतिबद्धता जनाउनुभयो ।

 

SHARE