हतियारसहित नवीन पक्राउ

0
180

मंसिर १३,२०७९ काठमाडौँ : प्रहरीले हातहतियारसहित एक व्यक्तिलाई ताप्लेजुङको मिक्वाखोलाबाट पक्राउ गरेको छ। नवीनकुमार नाल्बोलाई मिक्वाखोला गापा(४ बाट पक्राउ गरिएको हो। उनीमाथि सहोदर भाइको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप छ।

नवीनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, उक्त बन्दुकमा प्रयोग हुने गोली ९फलामका छर्रा० ६ वटा, बारुद‚ एउटा खुकुरी र रडको टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीमाथि फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सञ्जय बुचाको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो। बुचा प्रदेश नं १ को उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत अधिकारी हुन्।

SHARE