माघ १ गते गुल्मीको दजाकोट जाऔं

0
887

रामकृस्ण कंडेल,वामीटक्सार पुष २३

नेपाल मगर संघ मुसिकोट ४ वडागाउँ दजाकोटले माघि मेला लाई भब्यताका साथ सम्पन्न गर्दै छ।मगर हरूको बस्तिको रूपमा परिचित यस दजाकोटमा बिगत बर्ष जस्तै यस बर्ष पनि मेला आयोजना गरिएको आयोजकको भनाई रहेको छ।मेला लाई सब्य र भब्य बनाऊन बिभिन्न काम हरू आयोजकले सम्पन्न गरिसकेको बुझिएको छ।

के के गरिएका छन तयारी हरू?

मेला सम्पन्न गर्नका लागि दुर्गा बहादुर राकसकोटीको अध्यक्षतामा १५ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ।भने नौ वटा उपसमिति गठन भएका छन् । आफ्नै भाषा,कला,संस्कृति आफ्नै पहिचान संरक्षण ,प्रबर्द्धन र बिकास हाम्रो अभियान भन्ने मुल नारा छनौट गरिएको छ।माघेसक्रान्ती मेला ०७६ को आकर्षक लोगो सार्बजनिक समेत गरिएको छ।कार्यक्रम लाई भब्य रूपमा सम्पन्न गर्नका लागि प्रचार प्रसार र आर्थिक सहयोग संकलनमा जोड दिईएको देखिन्छ। कार्यक्रममा यानीमाया गीतका प्रसिद्ध गायक तृसना घर्ति मगर र सोरठीका प्रसिद्ध गायक प्रसाद खप्तडीको प्रस्तुती रहने छ । प्रचार प्रसार उपसमिति संयोजक बिमल छन्त्यालका अनुसार आगामी माघ १ गते विभिन्न कला संस्कृति र परिकारको प्रर्दशनी तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेर माघि मेला मनाउने निर्णय भएको छ।बैठकले दजाकोटमा होमस्टे संचालन गर्ने, मगर कला संस्कृतिको संरक्षण गर्ने, भिजिट नेपाल २०२० लाई सहयोग गर्ने, प्रसिद्ध अकाला देवीको मन्दिरको पुर्निमाण गरिने लगायतका बिबिध निर्णय हरू समेत गरिएको बताईएको छ। गत साल पनि यसै स्थानमा नेपाल मगर संघका केन्द्रिय सल्लाहकार बालसिड०काऊछाको प्रमुख आतिथ्यतामा मेला भब्यताका साथ सम्पन्न भएको थियो।बिगत बर्ष हरूमा आयोजित कार्यक्रम हरूका सकारात्मक र नकारात्मक पक्ष हरू बाट पाठ सिक्दै यस बर्षको मेला लाई थप उत्कृस्ट बनाऊन लागिएको प्रचार संयोजक छन्तेलको दाबि रहेको छ।

SHARE