निर्वाचनमा कर्मचारी खटनपटनको चटारो

0
226

दिवाकर पोख्रेल
कार्तिक ३०: मंसीर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनको लागि कर्मचारी खटनपटनको चटारो थपिएको छ ।

 

निर्वाचन अधिकृतको कार्यालयबाट मतदान स्थल टाढा रहेका क्षेत्रमा मंगलबारबाटै निवौचन सामाग्री र नियुक्तीपत्र वुझेर कर्मचारी मतदान केन्द्र तर्फ लागेका छन् । दाङको बिकट क्षेत्रमा रहेका मतदान स्थलमा पनि कर्मचारी खटनपटनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

विशेषगरी दाङको पहाडी क्षेत्र बंगालाचुली क्षेत्र,बबई गाउँपालिका अलिक बिकट क्षेत्र मानिन्छ । उक्त क्षेत्रमा रहेका मतदान स्थलमा खटने कर्मचारीहरु नियुक्ती पत्र बुझ्नको लागि निर्वाचन अधिकृतको कार्यालयमा भिडभाड शुरु भएको छ ।

 

यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खट्ने कर्मचारीहरु पनि आफ्नो नियक्ती पत्र बुझ्न अधिकृतको कार्यालयमा जम्मा भएका छन् । दाङ जिल्लभर एकसय ५३ मतदान स्थलमा दुइवटा अस्थायी मतदान केन्द्र सहित जम्मा चारसय ६५ मतदान केन्द्र छन् । यि मतदान केन्द्रमा जिल्लाभर तीनहजार सातसय ३० कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवंरले जानकारी दिनुभयो ।

 

दाङको क्षेत्र नम्बर १ मा सुरक्षाकर्मी र स्वयमसेवक कर्मचारी बाहेक एकहजार दुइसय सोह्र कर्मचारी निर्वाचनको लागि खट्नेछन । दाङको क्षेत्र नम्बर १ मा ५१ मतदान स्थलका एकसय ५२ मतदान केन्द्रमा खट्ने सबै कर्मचारीलाई निर्वाचन सामाग्री र नियुक्तीपत्र दिएर काममा खटाइसकिएको छ ।

दाङ क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार पदनभर नियुक्तीपत्र बुझनको लागि भिडभाड भएको छ । मंगलबार केहि छुट भएकाहरुको बुधबार पनि नियुक्तीपत्र दिएर काममा खटाइने निर्वाचन अधिकृत मानवहादुर विष्टले जानकारी दिनुभयो ।

अधिकाश मतदान स्थल सामुदायिक विद्यालयमा रहेकोले स्थानीय तहले ३० गतेबाट विद्यालय विदा गरेका छन् ।

SHARE