आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

0
120

नुवाकोटः दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भंगेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। खड्काका अनुसार तामाङ घरेलु हतियारसहित मृतकको घरतर्फ गएको देखिएको र घटनास्थलमा हतियार र उनको चप्पल भेटिएको छ ।

घटनालगत्तै उनी फरार रहेका उनी काठमाडौंतर्फ जान लागेको समयमा मंगलबार बिहान पक्राउ परेका हुन्।

सोमबार साँझ २० वर्षीया सम्झना पाण्डे ९खतिवडा० र उनकी छोरी तीन वर्षीया कृष्टिनाको हत्या भएको थियो। धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अंगमा गहिरो चोट लागेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो।

SHARE