ठुलोपोखरामा आगामी शैक्षिक सत्र देखि माध्यमिक तह सन्चालन हुने

0
384

रामकृष्ण कडेल , पौष २३ चारपाला गुल्मी  : गुल्मिदरबार गाउपालिका ७ स्थित ठुलोपोखरा आधारभूत बिध्यालयले  सरोकार वालाहरु बिचको बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम गरि आगामी शैक्षिक सत्र २०७७ देखि माध्यमिक तहका कक्षा सन्चालन गर्ने प्रक्रिया अगाडि बढाउने निस्कर्ष निकालेको छ ।

सघियता कार्यान्वयन सङै साबिकको दरबार देविस्थान गाबिस दुइ वट वाडमा विभाजन भएको र गुल्मिदरबार गाउपालिका वडा नम्बर ७ मा एकमात्र सामुदायिक बिध्यालय हाल कक्षा ८ सम्म सन्चालनमा रहेकोमा आगामि शैक्षिक सत्र देखि कक्षा ९ र १० सन्चालन गर्न सम्पुर्ण अभिभावक , वडा स्थित समाजसेवि जनप्रतिनिधि राजनितिक दल लगाएत सरोकारवालाहरुले आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्द्ता ब्यत्त गरेका छन।बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष टोप बहादुर बस्नेतले बिध्यालयलाइ माध्यमिक कक्षा सन्चालन गर्नको लागि आफ्नो तर्फबाट कुनै कसर बाकि नराख्ने प्रतिवद्दता ब्यक्त गरेका थिए ।बिध्यालयका प्रधानाध्यापक राम बहादुर खत्रीले उपस्थित सम्पुर्णलाइ स्वागत गर्दै कार्यक्रम को बारेमा प्रकाश परेका थिए । कार्यक्रम को सन्चालन सहायक प्रधानाध्यापक रमेश अर्यालको रहेको थियो।

SHARE