‘विना ढेउवाके’ विदेश पठाइदिन्छौं भन्नु युवाप्रतिको विश्वासघात : प्रदीप ज्ञवाली

0
142

अजय खडका

कात्तिक १६,०७९ गुल्मीः ‘विना ढेउवाके’ विदेश पठाइदिन्छौं भन्नु युवाप्रतिको विश्वासघात भएको एमाले महासचिव तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधी सभा उम्मेदवार प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

बुधबार उपमहासचीव ज्ञवालीले गुल्मीको सदरमुकाम तम्घासको निलगिरी पार्टी प्यालेसमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पाँचबर्षमा गुल्मी क्षेत्रनम्बर–१ मा भए गरेका काम र आगामि बर्षमा गर्ने कामको प्रतिबद्धता पत्र प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता माधब कुमार नेपालले बिना ढेउवाके विदेश पठाउछौ भनेर मतदाता माझ गरेको भाषणलाई काटक्ष गर्दै ज्ञवालीले युवाहरुलाई विदेश पठाउने होइन आफ्नै ठाउँमा रोजगारी दिने आफुहरुको प्रतिवद्धता रहेको बताउनु भयो । गाउँगाउँमा विकास पुगेको तर युवा जति बाहिर पलायन भएको र अब युवा पलायनलाई रोक्न स्वदेशमै केहि गर्ने गरि काम गरिने रणनिति बनाइएको बताउनुभयो ।

 

प्रतिबद्धता पत्र सार्वाजानिक कार्याक्रममा बोल्दै गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार नेता ज्ञवालीले आफू निर्वाचित भएपछी कालीगण्डकी करिडोर, रेसुङ्गा विमानस्थल, गर्जुरा पार्क,उनायचौरमा बिद्युत सब स्टेशन,५० शैयाको गुल्मी अस्पताल निर्माण,अक्सिजन प्लान्ट निर्माण, पालिका स्तरमा १५ शैयाको अस्पताल, सडक पूर्वाधार,खानेपानी लगायत थुप्रै करोडौंका योजना संचालन गरिएको उहाँले बताउनुभयो ।

 

ज्ञवालीको जिल्लाको विपद र कुनैपनि महामारीमा आफुले जनताको निम्ति उल्लेख्य काम गरेको बताउनुभयो । ज्ञवालीले आगामी बर्षको लागी यातायात, विद्युत, खानेपानी, स्वास्थ्य,कृषि,उद्योग तथा खानी, युवा खेलकुद तथा रोजगारी, सामाजिक न्याय र सुरक्षा र संस्कृति तथा पर्यटन क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको ज्ञवालीको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

SHARE