जलाधार संरक्षणका लागि गाउँपालिकाको सुख्खा पोखरी निर्माण अभियान

0
465
कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस २२ ,२०७६ गुल्मी : जलाधार संरक्षण गर्नका लागि जिल्लाको कालीगण्डकी गाउँपालिका गुल्मीले एक गाउँ एक पोखरी निर्माणको अभियान चलाएको छ ।
पानीका मुहानहरु सुक्दै जाने र पशुपन्छीहरुका लागि सहज रुपमा पानीको ब्यबस्था होस भन्नाका लागि यसरी अभियान संचालन गरिएको गाउँपालिकाका प्रमूख बेदबहादुर थापाले जानकारी दिए । समुदायमा रहेका स्थानीय सामुदायीक बनका समितिहरुसंग सहकार्य गरी यस बर्ष आठ वटा सुख्खा पोखरीहरु निर्माण गर्ने गरी लागेको थापाले दाबी गरे ।
एउटा पोखरी निर्माण गर्नका लागि करिब चार लाख रुपैयाँ लाग्ने र सो रकम अनुदान स्वरुप सामुदायीक बनको बैंक खातामा सिधै भुक्तानी गर्ने प्रबन्ध मिलाएको गाउँपालिकाले दाबी गरेको छ ।
पछिल्लो समयमा ग्रामीण स्तरमा पानीका मुहानहरु सुक्दै जान थालेको बन जंगलमा रहेका पन्छीहरुका लागि पिउने पानीको पनि ब्यबस्था हुने र जलाधार संरक्षणका लागि पोखरी निर्माण कार्यमा गाउँपालिका लागेको थापाले दाबी गरे । यस्तै बाटो निर्माण गर्दा बन जंगल नमासिने गरी , बन्यजन्तुहरुको बासस्थानमा खलल नपुग्ने गरी पानीका मुहानहरुलाई संरक्षण गर्ने गरी बाटो निर्माण गरिने पनि पालिकाले दाबी गरेको छ ।
यस्तै हरेक घरमा एक घर एक करेसाबारीको अभियान पनि गाउँपालिकाले लिएको थापाले जानकारी दिए । हरेक घरमा ताजा र बिषादी प्रयोग नगरिएको तरकारी प्रत्येक घरका भान्सामा रहोस भन्नका लागि गाउँपालिका लागेको बताइएको छ ।
गाउँपालिका भित्रका प्रत्येक घरहरुमा करेसाबारी निर्माणका लागि अहिले कार्य गर्न लागिएको गाउँपालिकाले जनाएको छ । समान्य रुपमा मुख धुने र भाडाहरु माझदाको पानीलाई सदुपयोग गरी करेसाबारीका लागि सिञ्चाई समेत गर्न सकिने भएकाले यस्तो अभियान संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले गाउँपालिका भित्रका प्रत्येक घरमा ताजा तरकारी खान पाउने बनाउनका लागि पहिलो प्राथमिकता दिएको र त्यसका लागि पालिकाले प्राबिधिक ज्ञान , बिउँ बिजन संगै टनेलको पनि ब्यबस्था गरिदिने जनाएको छ । गाउँपालिका भित्रका करिब चार हजार घरधुरीलाई स्वच्छ र ताजा तरकारी खुवाउने आफनो लक्ष्य रहेको र ब्यबसायीक कृषिलाई प्राथमिकता दिएको दाबी गर्दै पालिका भित्र खपत नभएको तरकारीलाई अन्यन्त्र बिक्री बितरण गर्नका लागि पनि पालिकाले ब्यबस्था गर्ने थापाले दाबी गरे ।

SHARE