बालबालिकालाई अण्डा र सरसफाई सामग्री, ज्येष्ठ नागरिकलाई न्यानो कपडा

0
1287

सुशीला रेग्मी

पुस २२ ,२०७६ पाल्पा ः पाल्पाको रामपुर नगरपालिका वडा नं २ का बालबालिकालाई अण्डा, सरसफाईका सामग्री, ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।

वडा कार्यालयले वडा भित्र रहेका चार विद्यालयमा अध्ययनरत ८० जना बालबालिकालाई जनही एक÷एक क्यारेट अण्डा वितरण गरेको छ । साथै सरसफाईका सामग्री पनि प्रदान गरिएको वडा सदस्य बालकुमारी थापाले जानकारी दिइन् । । बालबालिकालाई पोषण र सरसफाईका बारेमा सचेत गराउन अण्डा र सरसफाईका सामग्री वितरण गरिएको हो ।

वडा अध्यक्ष ताराबहादुर थापाको अध्यक्षतामा ८० वर्ष भन्दा माथिका ३३ जना ज्येष्ठ नागरिकहरुलाई जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले ज्येष्ठ नागरिक सबैका अभिभावक, अनुभवका खानी रहेको हुदा नगरपालिकाले उहाँहरुलाई ढल्कदो उमेरमा बाँच्न थप हौसला प्रदान गर्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको दाबी छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, साविक गाँडाकोट गाविसका अध्यक्ष अमरबहादुर थापा र समाजसेवी बोमबहादुर थापाले बोल्दै कार्यक्रम सफलताको कामना गरे ।

गाडाँकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले पोषण र सरसफाईको बारेमा जानकारी दिएको कार्यक्रममा वडा सदस्य बालकुमारी थापाको स्वागत र संचालन एम आई एस अपरेटर सुरेश रानाले गरेका थिए ।

SHARE