रामपुरको अन्धकारमुक्ति साकोसद्धारा विभिन्न विद्यामा उत्कृष्ट व्यक्ति सम्मानित

0
767

सुशीला रेग्मी

पुस २१,२०७६ पाल्पा ःअन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले २१ औँ संस्था स्थापना दिवसको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट व्यक्तिलाई सम्मान गरेको छ ।

सहकारीबाट ऋण झिकेर व्यवसायमा लगानी गर्ने सफल व्यवसायी, असल व्यवसायी, नियमित वचत गर्ने, किस्ता बुझाउने, उत्कृष्ट केन्द्र तथा प्रमुख, सेयर सदस्य, उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् ।

संस्थाबाट नियमित वचततर्फ झमकुमारी श्रेष्ठ, मेनुका बस्याल, खेमबहादुर खन्गाहा, नारायण मश्राङ्गी, शान्ती सापकोटा, नियमित किस्तातर्फ रितमान गेलाङ्ग मगर, गितादेवी पोखरेल, ईन्द्रबहादुर राना, हुमबहादुर श्रेष्ठ, जानकी कुमाललाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको छ ।

असल व्यवसायीमा सूर्यप्रसाद आचार्य, राजकुमार श्रेष्ठ, खेमबहादुर पाटा, यमकला खनाल, कमलराज ओस्ती, उत्कृष्ट केन्द्र प्रमुखमा सुमित्रा खड्का, सफल व्यवसायीमा लक्ष्मी राना, जयबहादुर राना, उत्कृष्ट सेयर सदस्यमा भगवति श्रेष्ठ, कुविजा भण्डारी सम्मानित भए ।

त्यस्तै उत्कृष्ट केन्द्रमा अन्धकारमुक्ति मनकामना महिला केन्द्र प्रथम, द्धित्तिय अन्धकारमुक्ति श्रीराम महिला केन्द्र, तृत्तिय अन्धकारमुक्ति परोपकार महिला केन्द्र, सान्त्वना अन्धकारमुक्ति शान्ति महिला केन्द्र पुरस्कृत भई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीमा संस्थाले यो वर्ष सन्जय अर्याललाई सम्मान गरेको छ ।

शैक्षिक वर्ष २०७५ मा संस्थाको कार्यक्षेत्र भित्रका विद्यालयहरुमा एसईई परिक्षामा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको छ । जनविकास माविबाट ३.८५ जिपिए ल्याउने क्षितिज रिमाल, जनकल्याण माविबाट ३.८५ जिपिए ल्याउने आशिष श्रेष्ठ, भानुभक्त माविबाट ३.७५ जिपिए ल्याउने ईश्वर सार्कीलाई सम्मान गरिएको हो ।

प्रदेश सभा सदस्य युवराज खनालले सम्मान गर्दै आयस्रोत बढाउन यो क्षेत्रको समृद्धिमा संस्थाले महत्वपूर्ण काम गरेको बताउँदै देशको समृद्धि नै विकासको समृद्धि रहेको र विकास भयो भने मात्र अगाडी बढ्न सक्ने बताए ।

उनले हरेक क्रियाकलापमा महिला सहभागीता आवश्यक रहेको बताउँदै सहकारीले बित्तिय क्षेत्रमा राम्रो पहिचान बनाउन सफल रहेको बताए ।

दैनिक ५० पैसा रकम उठाएर संस्था सुरु गरेको सहकारीले हाल ८६ करोड बराबरको कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा बताउछन् । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै ज्येष्ठ नागरिकलाई मासिक रु पाँच सयका दरले पेन्सन भत्ता दिन थालेको छ ।

यस सहकारीले तीन सय ६५ दिन कार्यालय संचालन गरी सदस्यलाई सेवा दिदै आएको छ । ‘सदस्यको सेवा नै मुख्य सदस्य सन्तुष्टि सेवा’ भन्ने ध्येयका साथ सहकारीले सार्वजनिक विदा, शनिवार पनि नभनेर सेवा दिदै आइरहेको छ ।

संचालक समितिले बनाएको मापदण्डलाई कर्मचारीले अनुशरण गरी तीन सय ६५ दिन कर्मचारी खटिएर सेवा दिइरहेको व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेल बताउछन् ।

विसं २०५५ पुष २० गते सहकारीको अवधारणा सुरु गरी ०५६ पुष २० मा दर्ता भई संचालनमा आएको यो सहकारी बित्तिय क्षेत्रमा नमुना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ ।

सहकारीमा हाल बाल वचत सहित नौ हजार सात सय नौ सदस्य आबद्ध छन् । जसमा महिला छ हजार छ सय ९९, पुरुष एक हजार छ सय ४९, बालवचतकर्ता एक हजार तीन सय ६१ छन् ।

दुई सय ९८ वटा लघुबित्त केन्द्र रहेका छन् । लघुबित्तमा आबद्ध महिला सदस्यलाई व्यवसाय गर्न बिनाधितो दुई लाख, धितो राखेर ५० लाख सम्म सहुलियत ऋण प्रवाह भइरहेको छ ।

तीन वर्ष अघि आफ्नै तीन तलाको २४ हलसहितको २४ कोठाको भवन निर्माण गरी सेवा दिइएको छ । सहकारीले रामपुर नगरपालिका सहित पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ ।

केन्द्रिय कार्यालय रामपुर नगरपालिका ७ डुम्रीगाउँ, शाखा कार्यालय रामपुरमा एक, ताहुँमा एक, जब्गादीमा एक, रामटारमा एक वटा संचालनमा छ ।

संस्था स्थापनाको अवसरमा भएको कार्यक्रममा पूर्व अध्यक्ष सुकदेव पोखरेल, सल्लाहकारहरु कमलराज भट्टराई, नेत्रप्रसाद भट्टराई, लेखा सुपरिवेक्षण समितिका सदस्य विष्णुप्रसाद लम्सालले बोल्दै संस्था स्थापनाकाल र हालको अवस्थाबारे अवगत गराए ।

केन्द्र प्रमुखको तर्फबाट मन्जु राना, पुरस्कृत कमलराज ओस्ती, लक्ष्मी राना, श्रीराम केन्द्र प्रमुख सरिता गैरेले संस्थाले केही गर्छु भन्नेहरुका लागि ऋण लगानी गरेर आयआर्जनको बाटो देखाइदिएको बताए ।

उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमबारे व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलबाट जानकारी गराएका थिए। संस्थाका कोषाध्यक्ष देबेन्द्रप्रसाद पोखरेलले धन्यवाद दिएको कार्यक्रमको संचालन सचिव ओमप्रकाश बस्यालले गरेका थिए ।

कलाकार लक्ष्मी तिवारी, कर्मचारीहरु सुचना आचार्य लम्साल र बिन्दु घिमिरे काफ्लेले गीत गाएर रमाइलो पारेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा सहकारीको सभाहलमा भएको हो ।

SHARE