११ वर्षीया बालिकामाथि बलात्कारको आरोप

0
110

असोज २५,२०७९ः ११ वर्षकी बालिका जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका(१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनारलाई पक्राउ गरेको छ।

 

सुनारले सोमबार राति सूर्यविनायक नगरपालिका(२ मा बालिकाको डेरामा पुगी जबरजस्ती करणी गरेका थिए।

 

नुवाकोट घर भएकी बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरामा बस्दै आएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

सुनारलाई प्रहरी वृत्त थिमीमा राखी अनुसन्धान शुरु गरिएको छ।

SHARE