अनेरास्ववियूको संगठन विस्तार अभियान मदानेबाट सुरु

0
907

हुमाकान्त पोखरेल, पुस २०,२०७६ गुल्मी  : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गुल्मीको संगठन विस्तार अभियान सुरु भएको छ । साविकको एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को एकतापछि बनेको अनेरास्ववियूको संगठन विस्तार अभियान लामो समयदेखि रोकिएको थियो ।

तर यहि पौष १० गते बसेको अनेरास्ववियू जिल्ला कमिटीको बैठकले संगठन विस्तार अभियानलाई निरन्तरता दिने निर्णय गरेको थियो । सोहि निर्णयबमोजिम जिल्लामा पहिलोपटक मदाने गाउँपालिकाका दुईवटा विद्यालयमा ३१÷३१ सदस्यिय अनेरास्ववियूको गठन गरिएको छ । मदाने ४ म्यालपोखरीस्थित मेहलेपोखरी माध्यमिक विद्यालयमा डिल बहादुर केसीको अध्यक्षतामा अनेरास्ववियूको कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा रचना कुवँर, सर्मिला सुनार, सचिवमा सपना परियार, सह–सचिवमा मुना जिएम् र विपन परियार तथा कोषाध्यक्षमा जुनिका सेन लगायतका अन्य सदस्यहरु रहेका छन् । मदाने गाउँपालिका ६ स्थित पृथ्वी माध्यमिक विद्यालयमा झविन्द्र जिसीको अध्यक्षतामा अनेरास्ववियूको कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा अजय परयार र रजिना श्रीपाली, सचिवमा संगिता श्रेष्ठ, सह–सचिवमा आकाश विक, मिना ओली र जुना सेन तथा कोषाध्यक्षमा बाबुराम लम्साल रहेका छन् । संगठन विस्तार अभियानलाई अनेरास्ववियू जिल्ला कमिटी सचिवालय सदस्य राजन केसी, रमेश पाण्डे तथा जिल्ला सदस्य गोपाल भण्डारीले सहजिकरण गरेका थिए ।

SHARE