मन्त्री चौधरीद्वारा मनोनयन दर्ता

0
239

असोज २३,२०७९ देउखुरी : सहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराएका हुन् । प्रदेश सभातर्फ क मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु र ख मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनोनयन दर्ता गराएका छन् ।

काठमाडौंमा रहनुभएका खड्का मौसम खराबीका कारण काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। खड्का नेपाली काङ्गेसका नेता स्वर्गीय खुमबहादुर खड्काका पुत्र हुन ।

यसैबीच नेकपा ९एमाले० की नेत्री गङ्गा थारुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट टिकट नपाएपछि थारुले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । दाङ क्षेत्र नं १ मा एमालेले शान्ता चौधरीलाई टिकट दिएको छ ।

SHARE