दुर्घटनामा दुई शसस्त्र प्रहरीको मृत्यु

0
100

दिवाकर पोख्रल
असोज २२,२०७९ देउखुरी : दाङको देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

 

पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर भएको दुर्घटना भएको हो । दुर्घटनामा लु ४० प ४९२२ नम्बरको मोटरसाईकलमा सवार सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका कार्यरत दुवै जना सशस्त्र प्रहरीको मृत्युु भएको हो ।

 

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ६ का सुलेश चौधरी र लमही नगरपालिका १ का लहानु चौधरी हुनुहुन्छ । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसीले जानकारी दिनुभयो ।

 

चौधरीद्वय सशस्त्र प्रहरी रहेको र उहाँहरु ज्वालामाई गणमा कार्यरत रहेको बताइएको छ । लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएर डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका गण प्रमुख एसपी केसीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

SHARE