चारपाला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न

0
866

रामकृष्ण कडेल, पुस २०,२०७६ गुल्मी ः चारपाला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ ।

गुल्मिदरबार गाउपालिका वडा नम्बर ७ को वडा कार्यालयमा सम्पन्न साधारण सभामा बोल्दै गाउपालिका उपाध्यक्ष मिना भण्डारिले सामूहिक समृद्धि र सहकारीको सिद्धान्तलाई अगाँल्दै निम्न आय भएका शेयर सदस्यहरुको आर्थिक उन्नतीका लागि सहकारीहरुले जोड दिनुपर्ने बताए । उक्त सहकारि तथा ऋण सहकारि सस्थाका अध्यक्ष हरि प्रसाद अर्यालको अध्यक्षतामा शनिबार सम्पन्न साधारण सभा कार्यक्रमका प्रमूख अतिथि भण्डारिले शेयर सदस्यहरुले श्रम गरेर जम्मा गरेका थोपा–थोपा पैसालाई बचत गर्ने बानीको विकास र त्यसलाई पुँजीमा रुपान्तरणका लागि सहकारीले भूमिका खेल्नुपर्ने बताइन् । सो अवसरमा कार्यक्रमका बिषेश अतिथि एवम् वडाध्यक्ष टोप बहादुर बस्नेत, कार्यपालिका सदस्य तुल्सा अर्याल, सम्पुर्ण कार्यालयको तर्फ बाट स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल , बिध्यालयहरुको तर्फबाट रेसुङ्गा इङ्लिस बोर्डिङ्ग स्कुलका प्रध्यानाध्यापक हरिलाल उपाध्याय , शेयर सदस्यहरुको तर्फबाट शेर बहादुर कार्कि , रण बहादुर कार्कि , सरस्वती अर्याल, डिल बहादुर सुनार , सम्पुर्ण सहकारिहरुको तर्फबाट खिम बहादुर थापा गायतले बोल्दै सहकारीहरुले आर्थिक अभिभावको भूमिका खेल्न सक्नुपर्ने बताए ।

साधारण सभाको अवसरमा धुर्व अर्याल उत्कृष्ट बचतकर्ताको रुपमा सम्मानित भएका छन् । यसैगरि पुर्णिमा ज्ञवालि , प्रवेश अर्याल र प्रभात अर्याल क्रमशः आधारभूत , एस।ई।ई। र दश प्लस दुई मा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छात्रछात्राहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमाण पत्र र नगद सहित सम्मान गरिएको हो । कार्यक्रममा ६ जना जेष्ठ नागरिक र कल्याणकारी कोषबाट बिपन्न राहात वितरण कृष्णकला बि। क। लाई सम्मान गरिएको छ । साधारण सभाले अध्यक्ष हरि प्रसाद अर्यालको भावि रणनिति सहितको प्रतिवेदन , ब्यवस्थापनको बारेमा ब्यवस्थापक शालिकराम टण्डन र कोषाध्यक्ष अमर बहादुर कुवरको २ करोड ३ लाख ५९ हजार २ सय ६३ रुपियाँ बराबरको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । ६ सय १३ सदस्य रहेको सहकारि सस्थाको लेखा समितिको प्रतिवेदन लेखा सम्योजक भक्त बहादुर टन्डनले प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष प्रेम बहादुर कार्किको स्वागत तथा सचिव खुमलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

SHARE