करेन्ट लागेर निलमको मृत्यु

0
204

असोज १९,२०७९ : इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा  युवकको मृत्यु भएको छ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।

उनको घटनास्थलमै मृत्यु भएको हो।

इन्टरनेट जडानका लागि बिजुलीको पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

SHARE