डेंगुले ४० वर्षीय महिलाको मृत्यु

0
228

असोज १३,२०७९चितवन : डेंगु संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो ।

उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।

यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।

जिल्लामा हालसम्म ७४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ४५९ चितवनका हुन्।

SHARE