सहकारी हरू पुराना साहु हरू जस्तो हुनु हुदैन : मेयर शोमनाथ सापकोटा

0
651

रामकृस्ण कंडेल,वामीटक्सार पुष१९ :

सहकारी हरू पुराना साहु हरू जस्तो हुनु हुदैन भन्दै मुसिकोट नगरपालिका भित्र रहेका पन्द्र ओटा सहकारि हरूले बैंकले भन्दा सस्तो ब्याज दरमा नगद लगानी गर्नु पर्ने मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटाले आग्रह गर्नु भएको छ।

परोपकार बहुऊध्देश्यीय सहकारी संस्था लि.को वामीटक्सार गुल्मीमा शुरू भएको चौधौं बार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा शुभकामना मन्तब्य राख्दै भब्य उपस्थितिमा यो साधारण सभा आयोजना गरेकोमा आयोजक लाई बधाई दिदै नगरप्रमुख सापकोटाले द्वन्दको बेलामा मुसिकोट क्षेत्रमा बैकिड०सेवा नभएको समयमा बैकिड०सेवा समेत गर्ने गरी यो संस्थाको स्थापना गरिएको स्मरण गराऊनु भयो।राज्यले पनि गर्न नसकेको बिद्धुतिकरणको कार्य यसले गरेको भन्दै सबै सहकारीका सदस्यहरूको घरमा सुख र सम्बृध्दि ल्याऊन जरूरी रहेको बताऊनु भयो।साधारण सभा लाई संबोधनको क्रममा नगर प्रमुख सापकोटाले परोपकार बहुऊध्देश्यीय सहकारी संस्था लि.को बैंकमा रहेको बचत पुजी लाई बैंकमा नराखी सदस्य हरूमा लगानी गर्न आग्रह गर्नु भयो।

यसै गरी वामीटक्सार बजारमा यस संस्था मार्फत दैनिक बचत संकलन कार्य शुरू गर्न आग्रह गर्नु भयो।’सय गास खानेले एक गास कटौती गरेर उनान्नसय गास खानुस एक गास बचत गरौं भन्दै नगरप्रमुख सापकोटाले नियमित रूपमा बचत नगर्ने सदस्य सहकारीको सदस्य हुन सक्दैन भन्दै बचत गर्ने बानी बसालौ,यो सहकारी लाई दिगो गराऊन बचत बृध्दि गरौ’भन्नु भयो। साधारण सभामा प्रस्तुत संस्थाको आय ब्यय प्रतिबेदनको समिक्षा गर्दै बिधुतको आम्दानी हेरेर मात्रै बस्न हुदैन भन्दै यस संस्थाको नाममा रहेको जग्गामा कृषि ऊपज सामाग्री संकलन स्थलको रूपमा बिकास गर्ने निर्णय गरेमा नगरपालिकाले सहकारी लाई पच्चिस लाख सम्मको सहयोग गर्ने बताऊनु भयो।

सहकारिको भवन निर्माण गर्नेहो भने फिप्टि फिप्टि अन्तर्गत आफुहरूले पच्चिस लाख सम्म सहयोग गर्ने बताऊनु भयो।सहकारि भनेको नाफामुलक भन्दा पनि सेवा मुलक ऊध्देश्यले अगाडि बड्नु पर्छ भन्नु भयो।संबोधनको क्रममा नगरप्रमुख सापकोटाले पॉच बर्ष भित्र आफुहरूले मुसिकोट नगरपालिका भित्र फोहोर ब्यबस्थापन,खरका छाना हरू ऊन्मुलन,एक घर एक धारा लगायत धेरै काम हरू सम्पन्न गर्ने बताऊनु भयो।एक फरक प्रसंगमा प्रमुख अतिथि सापकोटाले माघ१५देखि२६गते सम्म आयोजना गरिएको मुसिकोट महोत्सब लाई भब्यताका साथ सफल पार्न समेत कार्यक्रममा उपस्थित सबै मुसिकोटबासि हरू संग आग्रह गर्नु भयो। सबै सहकारी हरूको तर्फ देखि लक्ष्मिनारायण महिला कृषि सहकारीको अध्यक्ष यमुना घिमिरे,गुल्मी मुसिकोट ऊधोग बाणिज्य संघका अध्यक्ष शुदर्सन शाक्य,रिणृ समितिका संयोजक अग्निधर लोहनीले शुभ कामना मन्तब्य राख्नु भएको थियो।लेखा प्रतिबेदन लिलाधर घिमिरेले र अध्यक्षको प्रतिबेदन अध्यक्ष प्रकाश काफ्लेले प्रस्तुत गर्नु भएको थियो। पन्द्र जना ऊत्कृस्टअसल नियमित बचत कर्ता र पन्द्र जना ऊत्कृस्ट असल रिणृ हरू लाई पुरस्कार तथा प्रमाण पत्रले सम्मान गरिएको थियो। नयॉ कार्य समिति निर्माणको लागि अग्निधर लोहनी,रामकृस्ण कंडेल र नन्दराम सापकोटा रहेको तिन सदस्यिय निर्बाचन मन्डल गठन गरिएको थियो।उक्त निर्बाचन मन्डलले निर्बाचन सम्बन्धि सम्पूर्ण प्रकृया हरू पुरा गरेको थियो। साधारण सभाले गोपिकृस्ण खरेलको अध्यक्षतामा पन्द्र सदस्यिय नयॉ कार्य समितिको चयन गरेको छ।यसै गरि साधारण सभाले लेखा,शिक्षा र रिण लगानी समितिको पनि निर्माण गरेको छ। सहकारीका अध्यक्ष प्रकाश काफ्लेको सभाध्यक्षता,सचिब नारायण सापकोटाको स्वागत मन्तब्य र गोपिकृस्ण खरेलको सन्चालनमा साधारण सभाको कार्यक्रम सम्पन्न भएको थियो।

SHARE