नियम(काननु अगाडि सारेर विकास निर्माण रोक्नु हुँदैन  : मुख्यमन्त्री पोखरेल

0
406

पुस १८, २०७६ दाङ  :प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नियम काननुलाई अगाडि सारेर विकास निर्माण रोक्न नहुने बताए। शुक्रबार दाङको तुलसीपुर नवनिर्मित आधुनिक बसपार्कको उद्घाटन गर्दै उनले विकास भएपछि अप्ठेरोमा परिन्छ कि भन्दैमा विकास निर्माण रोक्नको लागि बहाना बाजी गर्न नहुने बताए। नियम काननुको सबैल पालना गर्नु पर्ने भन्दै उनले नियम काननुलाई अगाडि सारेर विकास रोक्नु उचित नभएको बताए।

दाङको तुलसीपुर(घोराही चारलेन सडक विस्तार हुन लाग्दा विकास हुन लाग्यो भनेर कतिपय आत्तिएको तथा कतिपयले राजनीति गर्न खोजेको आरोप लगाए। नियम काननु पालन गर्नुपर्ने भए पनि त्यो विकास निर्माणको लागि अनुकूल हुनुपर्ने उनको तर्क थियो। ुनियम कानुन विकास विरोधी हुनु हुँदैन। ती विकाको सहयोगी हुनुपर्छु, पोखरेलले भने। उनले जनताले चासो नदिए विकास नहुने र विकास नभए पछाडि परिने भएकाले दाङको समग्र विकासका लागि प्रक्रिया अगाडि बढेको बताए। उनले त्यसका लागि जिल्लाबासीले साथ सहयोग दिनु पर्ने बताए। त्यसैगरी उनले अहिले तुलसीपुरमा आधुनिक बसपार्क निर्माण भए सरह जस्तो भएको बताए। उनले अहिले धेरै ठाउँमा गाउँ शहर जस्ता र शहर गाउँ जस्ता भएकाले आधुनिक बसपार्क निर्माणले सरह जस्तो बनाएको बताए।

नेकपा प्रदेश ५ का इञ्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले बसपार्क उपमहानगरपालिकाले ऋण लिएर निर्माण गरेको भन्दै त्यो ऋण तिर्न उपमहानगरपालिकाले त्यो बसपार्कबाट आम्दानी गर्ने कार्यमा ध्यान दिनुपर्ने बताए। आधुनिक बसपार्क निर्माण भएपछि यात्रुलाई पनि सहज सेवा प्रदान हुने समेत बताए। ुअब बसपार्क पनि व्यवस्थित भएको छ। यस्तो अवस्थामा यात्रुले टिकेट नपाउने, झुण्डिएर यात्रा गर्नुपर्ने अवस्था अन्त्य हुनेछु, उनले भने , ुयसमा यातायात ब्यवसायीले पनि ध्यान दिनुपर्छ।’ त्यसैगरी मुख्यमन्त्री पोखरेलले मुख्य बजार क्षेत्रको भन्दा पातुखोला बसपार्क क्षेत्रमा तीव्र गतिमा बजार बिस्तार बढ्दै जाँदा पातुखोला सानो खोल्साको रुपमा खुम्चिएको प्रति चिन्ता जाहेर गरे। उनले भने, ुखोलाले केही समय सहे पनि लामो समय नसहने भन्दै बेलैमा नसोचे भविष्यमा ठूलो क्षति हुनसक्छ। हामी‍ जोखिममा छौं।ु पातुखोला आसपासको बस्ती सुरक्षित बनाउनका लागि प्रदेश सरकारले तटवन्ध निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेर लगानी गरेको उनले बताए। पातुखोलालाई तटवन्ध गर्ने सवालमा मानिसले आफू खुसी निर्माण गरेका घर त छोडौं शौचालय समेत भत्काउन नदिने अवस्था रहेको बताए। २०७० सालमा तुलसीपुर बसपार्कलाई आधुनिक बसपार्क बनाउन करिब ३५ करोडको लागतमा बनाउने भनेर गुरुयोजना बनाएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ। त्यही गुरुयोजना अनुसार पहिलो चरणमा २०७४ साल वैशाख महिनामा आधुनिक बसपार्क निर्माणका लागि बोलपत्र प्रक्रिया बढाएको थियो। जहाँ यात्रु प्रतीक्षालय, टिकट काउन्टर भवन, शौचालय र पक्की सडक निर्माण ९ करोड ४९ लाखको लागतमा निर्माण सम्पन्न भएको उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बताए। उक्त बसपार्कको निर्माणका जिम्मा शिवशिक्त कन्ट्रक्सन प्रालिले काठमाडौंले लिएको थियो।

SHARE