
साउन २५,२०७९हुम्ला : हुम्लाको अदानचुली गाउँपालिकामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भीरबाट खसेर मृत्यु भएको हो ।
सोमबार बिहानै घाँस काट्न हिँडेका थापा मंगलबार साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए।











