बाढी र चट्याङमा परी १६ जनाको मृत्यु

0
339

साउन २०,०७९काठमाडौं : यमनमा भीषण बाढी र चट्याङका कारण १६ जनाको मृत्यु भएको छ।

उत्तर पश्चिमी प्रान्त हज्जाहका विभिन्न तीन जिल्लामा आएको बाढीमा नौ जनाको मृत्यु भएको छ भने सादा प्रान्तको छेउ छाउको हेदान जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

त्यसैगरी कैयौं घर, खेतबारी र सडकमा ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन्। देशमा प्राकृतिक प्रकोपले स्वास्थ्य प्रणालीमा थप क्षति पुर्‍याएको छ ।
स्वच्छ खानेपानी र सरसफाइका धेरैजसो पूर्वाधार भत्किएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

जसबाट त्यहाँ वर्षायाममा महामारी फैलिन सक्ने जोखिम बढेको अधिकारीहरुको भनाइ छ।

SHARE