७.१ को शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

0
369

साउन ११,२०७९ काठमाडौं : फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा आज बिहान शक्तिशाली ७।१ म्यानिट्यूडको भूकम्प गएको छ।

भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस भएको थियो।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ।

भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार आएको छैन। भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सर्तक रहन भने आग्रह गरिएको छ।

SHARE