
खबरमार्केट ब्युरो
साउन ८,२०७९ गुल्मीः सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले गाउँपालिकामा काम गर्ने कर्मचारीहरुले आफनो जिम्मेवारी पूरा नगरे कसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।
गाउँपालिका अन्र्तगत रहेका २ जना कर्मचारीहरुको करार सम्झौता नवीकरण नभएको सन्र्दमा बोल्दै उहाँले कर्मचारीहरुले कार्यालय मातहतमा रहेर काम गर्नुपर्ने भन्दै दायाँ वायाँ गरे जुसुकैलाई पनि नछाड्ने उनले दाबी गरे ।
गाउँपालिकाका सव इन्जिनियर संगिन भ्यु थापाको काम सन्तोषजनक नरहेको ,वडा नम्वर ८ का कार्यालय सहयोगीले वडाको योजनाहरुमा हालीमुाली गरेको र पर्दा पछाडिबाट ठेक्का पट्टामा पनि संलग्न भएकोले म्याद थप गर्न नसकिएको उनले बताए ।

आफूहरुले गाउँपालिकामा सुशासन कायम गर्न खोजेको भन्दै काम नगर्ने कर्मचारी जो सुकै भएपनि नछाड्ने उनले चेतावनी दिए ।
गाउँपालिकालाई कर्मचारीहरुले राजनीतिक गर्ने थलो नवनाई आफनो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । आफनो जिम्मेवारी पूरा नगर्ने जुन सुकै पार्टीको भएपनि नछाड्ने पाण्डेको भनाई छ ।
गाउँपालिकामा कार्यरत सव इन्जिनियर संगिन भ्यु थापा र वडा नम्वर ८ का कार्यालय सहायक विजय पुनको करार सम्झौता नवीकरण नगर्ने निर्णय प्रति आफूहरुको गम्भीर ध्यानआर्कषण भएको गठबन्धनका नेताहरुले जनाएका छन् ।

नेपाली काँग्रेसका सन्तोष गौतम,नेकपा माओवादी केन्द्रका नारायण श्रेष्ठ, देशभक्त जनगणतान्त्रिक मेर्चाका टीका राना र राष्ट्रिय जनमोर्चाका ओमेन्द्र कुँवरद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा वीना कारण पूर्वाग्रही ढंगले गरिएको निर्णयलाई सच्याउन माग गरिएको छ ।
यदि पूर्वाग्रही ढंगले गरिएको निर्णयलाई नसच्याइए जनताले सशक्त प्रतिकार गर्ने गठबन्धनको ठहर रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
पाण्डे नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन्। यस अगाडि गाउँपालिकाको नेतृत्व नेपाली काँग्रेसका पारीश्वर ढकालले गरेका थिए ।






