साउन ६,२०७९दाङ : दाङमा प्रहरीले चोरिएका ६ वटा मोटरसाइकलसहित ३ जना युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका(९ घर भइ हाल घोराही उपमहानगरपालिका(१४ बस्ने ३० वर्षीय भानुभक्त बाँठा, तुलसीपुर उपमहानगरपालिका(१९ घर भइ हाल घोराही उपमहानगरपालिका(११ बस्ने २१ वर्षीय मदन पुन र तुलसीपुर उपमहानगरपालिका(१८ बस्ने १८ वर्षीय बादल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा परिचय नखुलेका व्यक्तिहरूले मोटरसाइकल चोरी गरेको भन्ने उजुरी आएपछि प्रहरीले मोटरसाइकल र चोरी गर्ने व्यक्तिहरूलाई खोजतलास गर्न विशेष अप्रेसन टोली गठन गरेको थियो।