चट्याङबाट एकै घरका २ घाइते

0
279

असार ३१,२०७९दाङ : दाङको बंगलाचुली गाउँपालिकामा शुक्रबार चट्याङ लागेर एकै घरका २ जना घाइते भएका छन्। गाउँपालिका वडा नं। ५ को दमदमेमा चट्याङ लागेर २७ वर्षीया तुलसी वली र १२ वर्षीया वर्षा वली घाइते भएका हुन्।

गाउँपालिका वडा ५ दमदमे, तल्लो मुर्कुटी र वडा नम्बर ६ को सुकिदहका तीनवटा घरमा चट्याङ परेको हो। दिउँसो करिब ३ बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएको स्थानीय मानबहादुर वलीले जानकारी दिए। घाइते दुबैजनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ।

दिउँसोको समयमा घर बसिरहेका वेला घरमा चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्। यस्तै चट्याङका कारण घरमा समेत क्षति पुगरेको बताइएको छ। चट्याङ लागेर घरका अन्य सदस्यहरू समेत बेहोश भएका थिए भने उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

यस्तै गाउँपालिका वडा नं। ६ सुकिदह निवासी भीमबहादुर जिसीको घर र वडा नं। ५ तल्लो मुर्कुटी निवासी सिरुमणि वलीको घरमा पनि चट्याङ परेको थियो।

SHARE