गुल्मीमा जीप दुर्घटना, ६ घाइते

0
259

हुमाकान्त पाेखरेल असार २७,२०७९गुल्मी:गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट इस्मा दाेहाेली जाँदै गरेकाे ग १ ज ५८८९ नम्बरको बलेराे जीप साेमबार साँझ ६ बजे रेसुङ्गा नगरपालिका -४ स्थित मसिनापाेखरीमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी इस्मा गाउँपालिका -४ दाेहाेलीका ५४ बर्षिय लंक बहादुर पल्ली, ५९ बर्षिय रूद्र बहादुर पल्ली, ५९ बर्षिया नर्मती घिमिरे घाइते भएका छन् ।

त्यस्तै दाेहाेलीकै ६८ बर्षिय ज्ञान बहादुर बस्नेत, ५६ बर्षिय हरी बहादुर दर्लामी र ५८ बर्षिय केश बहादुर पल्ली घाइते भएकाे ट्राफिक प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेले जानकारी दिए ।

टाउकाेमा चाेट लागेकाे कारण केश बहादुर र छात्रीमा भित्री चाेट लागेका कारण नर्मतीलाई थप उपचारका लागि पाल्पा पठाउने तयारी भइरहेकाे छ ।

अन्य घाइतेकाे भने गुल्मी अस्पतालमा उपचार भइरहेकाे छ । अाेभर लाेडका कारण ब्रेक फेल भइ गाडी भित्तामा ठाेकिएकाे थियाे ।

SHARE