उपप्रमुख सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
376

असार २४,२०७९विराटनगर : विराटनगर महानगरपालिकाकी तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

उनीहरूले गैरकानूनी व्यक्तिगत फाइदा लिएर सरकारी सम्पत्ति नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

विराटनगर महानगरपालिका–१५ स्थित पोखरीमा पार्क (सिँढी) निर्माणमा वास्तविक कामभन्दा बढीको भुक्तानी गरेको र त्यसमा संलग्न भएको आरोपमा अख्तियारले बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, शहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सब–इन्जिनियर इफ्तखार आलम, पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेले मिलेमतोमा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ। थाहाबाट

SHARE