सन्तोष महतारा
गुल्मी, २० असार ÷ गुल्मीको गुल्मीदरबार गाउँपालिकाले चालु आर्थिक वर्ष भएका गतिविधिहरुको सार्वजनिक सुनुवाई गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा आर्थिक वर्ष २०७८÷०७९ भएका गतिविधिहरुको सार्वजनिक सुनुवाई गरिएको हो ।
प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगञ्ज बाँकेको सहयोग, अपाङ्ग सशक्तीकरण एवं संचार केन्द्र (डेक नेपाल) बाँकेको सहजीकरण र गुल्मीदरबार गाउँपालिकाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले वाषर््िाक प्रतिवेदन प्रस्तुत गरेका थिए । गाउँपालिकामा भएका वार्षिक गतिविधिहरु सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सेवा प्रवाह र सूचना प्रविधिमा गाउँपालिकाले निकै फड्को पारेको बताएका थिए ।
अपाङ्ग सशक्तीकरण एवं संचार केन्द्र (डेक नेपाल) बाँकेको तर्फबाट सहजीकरण गरेका नागरिक अगुवा गुणानिधी शर्माले सार्वजनिक सुनुवाईबाट नागरिकहरुमा सुचना प्रवाह, नेतृत्व क्षमतामा अब्बल, गाउँपालिकाका गतिविधिहरुमा सुशासन, पारदर्शीता तथा आम नागरिकमा गाउँपालिकाका सबै गतिविधिहरु जनकारी हुने बताएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरु अधिकांशले गाउँपालिकाले आगामी दिनमा सडकको विस्तार रोकेर स्तरोन्नती गर्न सुझाव दिएका थिए । सार्वजनिक सुनुवाईमा अझै धेरै नागरिकको सहभागी गराउन कार्यक्रम हुने मिति भन्दा एक हप्ता अगाडि जानकारी गराउन सुल्झाएका थिए । गाउँपालिकाले अझै प्रभावकारी सेवा प्रवाह र विकास निर्माणका काम गर्नुपर्ने भन्दै अधिकांश सेवाग्राही तथा सहभागीहरुले गाउँपालिकाले गरेका गतिविधिहरुमा आफुहरु सन्तुष्ट रहेको बताएका थिए ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले अझै धेरै सर्वसाधारणको सहभागी गराउन गाउँपालिका लाग्नुपर्ने भन्दै अहिलेसम्म गाउँपालिकाले गरेका कामहरुको प्रशंसा गरेका थिए । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र अन्य राजनीतिक दलबाट सहभागीहरुले गाउँपालिकाबाट भएका कामहरु नागरिकमुखी भएको बताएका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तारा थापाले कृषि र पशुपालन सम्बन्धि हुने कार्यक्रममा अनुगनमलाई तिव्रता दिएको र आगामी दिनमा पनि क्रियाशील भई अनुगमन गर्ने बताइन् । गाउँपालिका उपाध्यक्ष थापाले अनुगमनको संयोजक आफू भएकोले गाउँपालिकाका सबै कार्यक्रमहरुको पारदर्शी रुपमा अनुगमन हुने बताएकी हुन् ।
कार्यक्रमका अध्यक्ष तथा गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले सबल र समुन्नत गाउँपालिका निर्माणमा आफूहरु लागेको भन्दै भएका गरेका गतिविधिहरु गाउँपालिकाले निरन्तर सार्वजनिक गर्ने बताए ।
गाउँपालिकाले गरेका कामहरुको अवस्थाबारे जानकारी लिन र आगामी दिनमा गाउँपालिकाले गर्ने काममा आम सर्वसाधारणको अपेक्षाको बारेमा बुझेर अगाडि बढ्नको लागि गाउँपालिका निरन्तर अगाठि लागेको बताएका थिए । गाउँपालिकाले आम गुल्मीदरबारवासीबाट सकारात्मक सुझावको अपेक्षा सधै राखिरहेको समेत गाउँपालिका अध्यक्ष थापाले स्पयट पारे ।