गुल्मीदरबार गाउँपालिकाबाट विद्युतीय भुक्तानीकाे सुरुवात

0
255

सन्तोष महतारा
गुल्मी, १९ असार / गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट पहिलोपटक विद्युतीय भुक्तानीकाे सुरुवात गरिएको छ । आइतबार गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिकाे प्रयाेग गर्दै विद्युतीय भुक्तानीकाे सुरुवात गरेको गाउँपालिकाका लेखा अधिकृत भबिष्य अर्यालले जानकारी दिए ।

गाउँपालिकाले सुरुवात गरेको EFT (Electronic Fund Transfer) मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्यले सेवाग्राहीमा उत्साह थपेको छ । गाउँपालिकाकाट सुरुवात भएको विद्युतीय भुक्तानीले गर्दा आम सेवाग्राहीलाई निकै फाइदा पुग्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले विद्युतीय भुक्तानीले गर्दा सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने बताए । गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता, छिटो र सहज हुने गाउँपालिकाले अपेक्षा लिएकाे प्रमुख प्रशासकीय अधिकृत पाण्डेकाे भनाइ छ ।

गुल्मीदरबार गाउँपालिकामा सेवा लिने सेवाग्राहीले अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ । सेवा प्रवाह र सुशासनमा गुल्मी जिल्लामै अब्बल रहेको गुल्मीदरबार गाउँपालिकाले सेवा प्रवाह र सुचना प्रविधिकाे प्रयाेगमा थप एक इट्टा थपेको छ ।

SHARE