नेकपा एमाले गुल्मीले प्रधानमन्त्रीलाई तेल र पेट्रोल उपहार पठायो

0
500

सूर्य सुनार
असार १५,२०७९ गुल्मीःनेकपा एमाले जनवर्गिय संगठन गुल्मीले प्रधानमन्त्री शेर बहादुर देउवालाई उपहार स्वरुप खाने तेल पठाएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले जनताको मर्म विपरित अनाआवश्यक ढङ्गले मूल्य वृद्धी गरेको भन्दै बुधबार प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल मार्फत खाने आधा लिटर खाने तेल, आधा लिटर पेट्रोल पठाइएको हो ।

गुल्मी जिल्लामा पेटोलियम पदार्थको कृत्तिम अभाव भई जनताले सास्ती व्यहोर्नु परेको, असारमसान्तको याममा भएका इन्धनको अभाव गुल्मीमा मात्र हुनु र कालो बजारीमा बेचविखन भइरहेको समयमा स्थानीय प्रशासन मौन रहनु दुर्भाग्यपूर्ण भएको बताउदैँ अबिलम्ब तेलको सहज विक्रीवितरण गर्न माग गरेको छ ।

वर्षातको समयमा गुल्मी जिल्लामा मनपरी चर्को भाडा असुल्ने कार्य भइरहेकोले तत्काल यस्तो कार्य रोक्न माग गरेको कुरा ज्ञापन पत्रमा उल्लेख गरेको छ । कृषकहरुले मल नपाएर कृषि पेशाबाट विस्थापित हुने स्थिती हुँदा पनि सरकारले कृषकहरुलाई मल उपलध्ध गराउन नसक्नु दुखत भएको भन्दै कृषकहरुलाई मल उपलध्ध गराउन माग गरेको अनेरास्ववियु केन्द्रिय सचिवलय सदस्य काशी पाण्डेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्लाका कार्यालयमा सेवा प्रवाह गर्दा लामो लाइनमा बस्नुपर्दा समस्या भएको गुल्मी अस्पतालमा बिरामीको चाप बढेको तर डाक्टर अभाव छ त्यस तर्फ सरकारले ध्यान दिनु पर्ने कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सरकारले जनताको समस्यालाई समधान गर्न तर्फ नलागे कडा संघर्षका कार्यक्रम तत्कालै संचालन गर्ने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जिल्लामा ज्ञापन पत्रमा उल्लेख गरे अनुसार काम कतै भए तत्काल सुधार गर्ने बताए ।

SHARE