सबै पक्षसङ्ग राय सुझाव सङकलन गर्दै पुर्व जनप्रतिनिधिहरुलाई सम्मान

0
325

अनिष पन्थी,गुल्मी ।गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ ले सर्वदलीय तथा सर्वपक्षीय हरु सङ्ग राय सल्लाह सुझाव सङकलन एवं कदर तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

रेसुङ्गा नगरपालिकामा बजेट बिनियोजन,नीति कार्यक्रम बनाउदा सबै पक्ष सङ्ग छलफल गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि खिलध्वज पन्थीले बताए।सबै पक्षलाई समेटेर अगाडि बढदै सुशासन कायम गर्ने नगरप्रमुख पन्थीले बताए ।

समाजका पात्र जनता भएको उल्लेख गर्दै जनप्रतिनिधि भएर मात्र काम नगरी जनप्रतिनिधि नभएपनि काम गर्न सकिने बताए।हरेक वडामा गौरवको योजना भएकाले बजेट कम हुन गएको समेत नगरप्रमुख पन्थीले बताए।

बजेटको लागि आफू संघ प्रदेश सबै ठाउँमा पहल गर्ने बताउदै बजेटको लागि आफू कुनै कुरामा पछि नपर्ने बताए।जनता सङ्ग नगर कार्यक्रम ल्याइएको बताउदै अबको ५ बर्ष जनताको काम गरेर सेवक बन्ने पन्थीले बताए।

आफू सम्मानित हुदा वडा कार्यालय प्रति आभारि रहेको बताउँदै जनप्रतिनिधि ,वडा कार्यलाय ,नगरपालिका स्थाइ भएको निवर्तमान वडा अध्यक्ष एवं कार्यक्रमका विशेष अतिथि नारान सुनारले बताए ।

आफू जनप्रतिनिधि हुँदा सेवक भएर काम गरेको बताउदै अहिलेका जनप्रतिनिधिलाई पनि सेवक भएर काम गर्न आग्रह गरे। बजेट थोरै आएता पनि त्यसलाई पुराना पूरा नभएका योजनालाई पूरा गर्न आग्रह गरे।

सहि अवसरमा उपस्थित वडाबासीहरुले वडाको बिकासको लागि विभिन्न राय सुझाव दिदै तेरो मेरो भन्दा पनि सबैको साझा भएर काम गर्न सुझाव दिएका थिए।थोरै बजेटको कारण काम पूरा हुन नसक्ने उपस्थितहरुले राय दिएका थिए।
प्राबिधिक शिक्षा लाई थप व्यवस्थित, तम्घासमा पछिल्लो क्रम बादरले आतंक गरेको गर्दै त्यसको व्यबथापन गर्न हेरालु राख्न समेत सुझाव दिएका थिए।सडक बत्ति बिस्तार,कृषि पसुपालनमा आएको अनुदानको अनुगमन ,खाली भएका सरकारी भवनमा वडा कार्यालय राख्न पनि सुझाव दिएका थिए।

आर्थिक बर्ष २०७९/८० को कार्यक्रम तथा योजनाको लागि सबै पक्ष सङ्ग सल्लाह सुझाव लिएर अगाडि बढिने वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताए।

स्थानीय निर्वाचन २०७९ पछि औपचारिक पहिलो कार्यक्रम रहेको बताउँदै वडाले अपेक्षा गरेका बिकासलाइ कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल गर्न सबैलाई कार्यक्रम गरिको वडाध्यक्ष पाण्डेले बताए।

यस वडामा आर्थिक बर्ष २०७९/८० मा निर्धारण भएको बजेट २० लाख ५० हजार रहेको बताउदै आर्थिक बिकासमा ३ लाख ,सामाजिक बिकासमा ३ लाख,बन तथा बिपतमा १ लाख ,फुटकर खर्च २ लाख र बाकी रकम पुर्वधार बिकासको लागि छुटाइएको पाण्डेले जानकारी दिए।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता,उपप्रमुख अमृता कुँवरको विशेष आतिथ्यता वडा नम्बर ९ का निवर्तमान अध्यक्ष नारान सुनारको विशेष आतिथ्यता विभिन्न संघ सस्थाका प्रतिनिधि,राजनीतिक दलक प्रमुख वा प्रतिनिधि र वडाबासिको उपस्थित रहेको थियो।

वडा अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा सचीव गङ्गा पन्थीको सञ्चालन रहेको थियो।

SHARE