५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजबाट दिइने

0
203
सांकेतिक तस्बिर

असार ९,२०७९ काठमाडौं : आजदेखि २७ जिल्लाका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप दिइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने जनाएको छ। २७ जिल्लाका बालबालिकालाई १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ।

बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने कार्यतालिका छ।

यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएनटेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ।

सरकारले प्रत्येक खोप केन्द्रमा एक तालिमप्राप्त स्वास्थ्यकर्मी राख्ने र खोप लगाएका बालबालिकामा केही असर देखिए केन्द्रमा नै उपचारको व्यवस्था गर्ने जनाएको छ।

SHARE