सुनिल न्यौपाने
असार ३,२०७९ गुल्मीःमुसिकोट नगरपालिका ७ का वडा अध्यक्ष हरिहर सापकोटाले काम गरेर जनताको मन जित्ने बताएका छन।
सापकोटा जनताले जुन आशा र बिश्वासका साथ आफुलाइ वडाबासीले स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित गर्नु भो उनले भने`काम गरेर वडाका जनताको मन जित्ने छु´। वडा अध्यक्ष सापकोटाका अनुसार आफुलाइ पहिलो अनुभव नभएता पनि सामाजिक क्षेत्रबाटै आज यहाँ सम्म आएको हुँदा काम गर्ने शक्ति आफुमा भएको दाबी गरेका छन।
स्वास्थ,शिक्षा,रोजगार,पर्यटन लगायतको बिषयमा धेरै काम गर्न बाकी रहेकोले आफ्नो कार्यकालमा मुसिकोट ७ लाई मुसिकोट नगरपालिकामा नमुना वडा बनाउने प्रतिबद्धता समेत गरेका छन। खानेपानीमा केहि प्राबिधिक सामान्य समस्या रहेता पनि त्यसको समाधान गरि वामीका जनतालाई शुद्ध पानी खुवाउन पछि नपर्ने बताए।
युवालाई रोजगार
मुसिकोट नगरपालिका ७ का वडा अध्यक्ष हरिहर सापकोटाले वडामा युवालाई रोजगार दिने र धेरै युवा सामान्य कामलाई नगर नै छोडेर बाहिर जाने बाध्यता हटाउने गरि काम गर्न लागेको बताउदै वडामा हुने बिकास निर्माणमा युवालाई जोड्दै जिम्मेवारी दिने बताएका छन।
निवर्तमान वडा अध्यक्ष प्रकाश काफ्लेले जसरी बिकास सहित बिकासको डिजाइन तयार पार्नु भो सहि अनुसार काम गरेर आफ्नो कार्यकालमा वडा बासीको मन जित्ने कुरामा ढुक्क रहेको वडा अध्यक्ष सापकोटाले बताएका छन ।