सदरमुकामको चिदिचौरमा आगो लागेपछि…………

0
293
????????????????????????????????????

हुमाकान्त पोखरेल
गुल्मी, २९ जेठ : आइतबार दिउँसो १२ बजे । गुल्मी जिल्ला सदरमुकाम तम्घासस्थित चिदिचौरमा एक्कासी आगो बल्न थाल्यो । जिल्ला प्रहरी, प्रशासन, जिल्ला अदालत लगायतका जिल्लाका ठुला अड्डाको बीचमा पर्ने चिदिचौरमा आगो लागेपछि स्थानीय केहीबेरमै जम्मा भए ।
तत्कालै नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी लगायत रेडक्रसको समुह घटनास्थल आइपुग्यो । र उत्तिबेलै दमकल आएर आगो निभाउने काम सुरु भयो । आगो निभाउँदै गर्दापनि एकजना घाइतेलाई एम्बुलेन्समा राखेर लगियो ।

यो आगलागिको दृष्य कुनै ठुलो घटना नभई विपत प्रतिकार्य योजनाको लागि गरिएको पूर्व अभ्यास अर्थात डेमोस्टेशन थियो । कुनै कारणबस जंगल वा बस्तीमा आगो लागिहाले कसरी निभाउने भनेर नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीले त्यसको पूर्व अभ्यास अर्थात डेमोस्टेशन गरेका हुन् ।

डेमोमा समाजमा हुने बाँस, बोरा तथा प्लास्टिक, खरका छाएका घरहरु, टौवा, जंगलबाट घरसम्म आगो लाग्ने प्रक्रिया लगायतको बारेमा जानकारी दिइएको थियो । डेमोमा गुल्मी भाडगाउँ र आसपासको सामुदायीक बनलाई आधार मानिएको थियो ।

सुख्खा समयमा बन जंगलमा र अन्य समयमा गाउँ–बस्तीमा लाग्ने आगो नियन्त्रण गर्ने र यसबाट हुने क्षति न्यूनिकरणको लागि अपनाउनुपर्ने उपायको बारेमा सुरक्षाकर्मीले जानकारी दिएका थिए ।

????????????????????????????????????

निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले विपत् व्यवस्थापन गरी जोखिम न्यूनिकरण गर्नु, विपत न्यूनिकरणमा विभिन्न निकायहरुको भूमिका स्पष्ट पार्नु र विपत् न्यूनिकरणको लागि पूर्व तयारी गर्नको लागि डेमो प्रदर्शन गरिएको जानकारी दिए ।

SHARE