मन्त्री झाँक्रीले मागिन् माफी

0
366
फाइल फोटो

जेठ २७,२०७९काठमाडौँ : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी मागेकी छिन्।

शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनका लागि बोलाइएको सर्वपक्षीय बैठकमा बोल्दै स्थानीय बासिन्दासँग माफी मागेकी हुन्।

सिसडोल, बन्चरेडाँडाका स्थानीय बासिन्दाले मन्त्री झाँक्रीले सहमतिको वातावरण बनाउन नसक्दा समस्या बढेको आरोप लगाउँदै आएका थिए। फोहोर व्यवस्थापन गर्ने विषयमा मेरो वचनले स्थानीय तहमा साथीहरूलाई असजिलो पर्‍यो।

‘जनतालाई चोट पर्‍यो भने पनि माफी चाहन्छु’‚ उनले थपिन्, ‘हिजोका कुरामा माफी चाहन्छु।’ त्यसैगरी फोहोर व्यवस्थापनका लागि सहज वातावरण सिर्जना गरिदिन स्थानीयलाई आग्रह समेत गरेकी छिन्।

SHARE