सुनिल क्षेत्री
जेठ २१,२०७९ गुल्मी:गुल्मीको चन्द्रकोट गाउँपालि हर्राचौरमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । गरिमा विकास बैंक शाखा कार्यालय शान्तिपुर गुल्मीको आयोजना तथा ग्रिन्ल्याण्ड युथ क्लब र आमा समुहसंग समन्वय गरि एक दिने वित्तीय साक्षरता कार्यक्रम चन्द्रकोट गाउँपालिका -३ हर्राचौरमा गरिएको हो ।
६१ जानको उपस्थिति रहेको साक्षरता कार्यक्रममा गरिमा विकास बैंकको परिचय, नेपालका सबै बैंकिङ क्षेत्रको बारेमा चर्चा, दैनिकी कार्य सन्चालन तथा ऋण प्रवाहको बारेमा बैंकका शाखा प्रबन्धक सुरज थापाले प्रस्तुती दिनुभएको थियोे ।
डिजिटल कारोबार, बचत तथा लगानी, क्विू आर कोड (QR Code) साथै डिजिटल कारोबार बाट हुन सक्ने जोखिमताका बारेमा बैंकका कर्मचारी दिपक पौडेलले प्रस्तुती दिनुभएको थियो।
त्यसअवसरमा डिजिटल कारोबारलाई प्रोत्साहनका लागि जानकारी गराउँदै डिजिटल कारोबार गर्दा हुन सक्ने जोखिम न्युनिकरण तथा बैंक सम्बन्धि आधारभूत ज्ञानका विषयमा जानकारी प्रदान गरिएको दिने बैंकका शाखा प्रबन्धक सुरज थापाले बताउनुभयो ।