पोषण कार्यक्रमको पालिका स्तरीय समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न

0
613

रामकृष्ण कडेल जेठ १९ ,गुल्मी । गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाले पोषण कार्यक्रमको पालिका स्तरीय समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रमका अध्यक्ष एवम् गाउँपालिका नवनिर्वाचित अध्यक्ष सरोजकुमार थापाले गुल्मीदरबार गाउँपालिकाको पोषण स्थितिको सुचकहरु अत्यन्तै राम्रो रहेकोमा खुसी व्यक्त गर्दै गाउँपालिकालाई पोषण मैत्री पालिका बनाउन आफुहरु लाग्ने बताउनु भएको थियो ।

अध्यक्ष थापाले कार्यपालिकाको पहिलो बैठकबाट गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुबाट रिफर भएका प्रसुती हुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको भन्दै स्वास्थ्य चौकीका लागि न्यूनतम सेवा मापदण्डमा कुनै कमी आउन नदिने भन्दै सेवालाई थप गुणस्तरीय बनाउन गाउँपालिका उच्च प्राथमिकताका साथ लाग्ने र यसका लागि सकेसम्म रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन सम्पुर्ण स्वास्थ्यकर्मीहरु लाई लाग्न आग्रह गर्नुभएको थियो ।

उपाध्यक्ष तारा थापा ढेगाले गुल्मीदरबार गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन सबै मिलेर लाग्नुपर्ने र स्वास्थ्य क्षेत्रमा पालिकाले गरेका कार्यहरूको प्रशंसा गर्नुभएको थियो । गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गुल्मीदरबार गाउँपालिकाको सुखी र समृद्ध गाउँपालिका बनाउने उद्देश्य अनुसार स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्न सफल भएको र आगामी दिनहरूमा पनि यसलाई अझै बढी प्रभावकारी बनाईने बताउनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले कार्यक्रको उद्देश्यमाथि प्रकाश पार्दै गुल्मीदरबार गाउँपालिकाको पोषण स्थिती तथा समग्र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरु , न्यूनतम सेवा मापदण्ड सेवाको महत्व र सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने गृह कार्यका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । साथै अर्यालले स्वास्थ्य चौकीको गुणस्तर सुधार तथा ब्यवस्थापन सुदृढीकरण समिती ,पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती गठन प्रक्रिया बारे बताउदै गाउँपालिकामा अध्यक्ष सरोज कुमार थापाको अध्यक्षतामा समितिहरु गठन हुने र प्रत्येक वडामा पनि क्रमशः गठन गरिने कार्यक्रम रहेको बताउनु भएको थियो । स्वास्थ्य शाखाकी स्टाफ नर्स एलिना खड्काको स्वागत मन्तव्य रहेको

कार्यक्रममा सम्पुर्ण वडाहरुको तर्फबाट वडा नम्बर १ का वडाध्यक्ष राजेन्द्र कडेल र वडा नम्बर २ का वडाध्यक्ष बिष्णु गौतम , सम्पुर्ण सहभगिहरुको तर्फबाट अमर अर्बाथोक स्वास्थ्य चौकी प्रमुख मदन कुमार श्रेस्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो ।

SHARE