लुम्बिनी प्रदेश सांसद गिता थापाको पहलमा गुल्मीमा उद्यमशिलता विकास तालिम

0
595

सूर्य सुनार
जेठ १९,२०७९ गुल्मी:लुम्बिनी प्रदेश सांसद गिता थापाको पहलमा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १२ घोर्लेमा उद्यमशिलता विकास तालिम कार्यक्रम गरिएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा २३ जना युवाहरुलाई उद्यमशिलता तालिम प्रदान गरिएको हो । लुम्बिनी प्रदेश सांसद गिता थापाको पहलमा प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र रेसुङ्गा नगर कमिटी अध्यक्ष गिरीप्रसाद महाकिमले घोर्लेका युवाहरुलाई उद्यमशिलता तालिम प्रदान गर्ने अवसर मिलाउने लुम्बिनी प्रदेश सांसद गिता थापालाई धन्यवाद दिए । पछिल्लो समय विदेश जाने युवाहरुको संख्या वृद्धी भइरहेको हुँदा युवाहरुलाई यो तालिमले स्वदेशमै केही गर्न सक्छु भन्ने भावना जगाउने कार्यक्रमका प्रमुख अतिथि महाकिमले बताए ।
तालिममा सिकेका कुरालाई व्यवहारमा पनि लागु गर्न उनले आग्रह गरे । लुम्बिनी प्रदेश सांसद गिता थापाले आफ्नो गृह जिल्लामा धेरै यस्ता योजनाहरु पार्ने गरिरहनुभएको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले कार्यक्रमको बारेमा जानकारी गराउँदै तालिम पश्चात यदी कसैले उद्यम गर्न खोजे प्रदेश सरकारको निति अनुसार ३ लाख सम्म कर्जा उपलध्ध गराउने बताए ।
तालिमको महत्वलाई बुझेर राम्रो संग सिक्न आग्रह गरे ।

SHARE