गुल्मीदरबारको पहिलो निर्णय : प्रसुती हुने महिलाको लागि निशुल्क एम्बुलेन्स सेवा

0
487
गुल्मीदरबार गाउँपालिकाको तस्बिर : खबरमार्केट

गुल्मी, जेठ १७ गते । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले प्रसुति हुने महिलाको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

नवनिर्वाचित अध्यक्ष सरोजकुमार थापाले कार्यपालिकाको बैठकबाट गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुबाट रिफर भएका प्रसुती हुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभयो ।

त्यस्तै, बैठकबाट विपन्न नागरिकको लागि आर्थिक सहायता रकममा रकमान्तर गर्ने निर्णय भएको अध्यक्ष थापाले बताउनुभयो । विपद् सामाग्रीहरु त्रिपाल, जस्तापाता लगायत अन्य विभिन्न सामग्रीहरु खरिद गर्ने निणर्य भएको भएको उहाँले भन्नुभयो, “सडक मर्मतको लागि लेन्थ वर्कर राख्ने । आर्थिक सहायता रकम उपलब्ध गराउने । वडा नं.-३ को पिपलनेटाको सडक मर्मत संभार गर्ने । कृषि तथा पशुउद्यम परियोजनाको रकम भुक्तानी बारेमा निर्णय गरिएको छ ।”

त्यस्तै, कार्यपालिकाको बैठक कक्ष निर्माण गर्ने र गाउँपालिकाको प्रशासकीय भवनको आइ.इइ.को बाँकी काम सम्पन्न गरी डिपिआर गर्ने निणर्य भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

बैठकमा कार्यालयको गतिविधिहरुबारे छलफल तथा जानकारी र जनप्रतिनिधिहरुले आफ्नो प्रतिवद्धता व्यक्त गर्दै गुल्मीदरबार गाउँपालिकाका नागरिकहरुलाई सबै जनप्रतिनिधिहरुले धन्यवाद दिनुभएको थियो ।

SHARE