गुल्मी महोत्सव सकिएको ३७ दिन पछी आयव्यय सार्वजनिक

0
285

सन्तोष महतारा
जेठ १४,२०७९ गुल्मीः गुल्मी उद्योग वाणिज्य संघले चौथो गुल्मी महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गरेको हो ।

गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थीले महोत्सवमा भएको आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका थिए । विवरण अनुसार चौथो गुल्मी महोत्सवमा कूल आम्दानी ८२ लाख ९२ हजार २ सय १० रुपैयाँ भएको छ । जसमा महोत्सव प्रवेश टिकट मार्फत ३२ लाख ९२ हजार ६ सय १० रुपैयाँ, बाल उद्यान मार्फत १२ लाख ५० हजार रुपैयाँ, स्टल विक्री मार्फत २८ लाख ५० हजार र प्रायोजक मार्फत ९ लाख रुपैयाँ आम्दानी भएको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थीले बताए ।

चौथो गुल्मी महोत्सवमा कूल ६१ लख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च भएको छ । जसमा मेला व्यवस्थापनमा १ लाख ९५ हजार ८ सय ४५ रुपैयाँ, मञ्च व्यवस्थापनमा ३ लाख २५ हजार रुपैयाँ, सचिवालय व्यवस्थापनमा १ लाख ३७ हजार ८ सय ६५ रुपैयाँ, मायाको चिनोमा ३ लाख १७ हजार ५ सय रुपैयाँ, विद्युत् व्यवस्थापनमा ४५ हजार रुपैयाँ, सुरक्षा व्यवस्थापनमा ५ लाख ५० हजार रुपैयाँ, यातायात ट्राफिक तथा इन्धनमा १ लाख ७६ हजार रुपैयाँ, स्टल निर्माणमा ९ लाख ८५ हजार ७ लसय ९६ रुपैयाँ खर्च भएको थियो ।

त्यस्तै महोत्सवमा स्वास्थ्य सेवा मार्फत १५ हजार ३ सय ६० रुपैयाँ, प्रचारप्रसारमा ५ लाख ४५ हजार ६ सय २५ रुपैयाँ, कृषि तथा घरेलु प्रदर्शनीमा १ लाख २५ हजार १ सय रुपैयाँ, अतिथि सत्कार तथा जलपानमा १ लाख ९३ हजार ९ सय ५२ रुपैयाँ, खानेपानी तथा सरसफाईमा २ लाख ९ हजार ५ सय ७६ रुपैयाँ, महेन्द्र नमुना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग २ लाख ५० हजार रुपैयाँ, चिदिचौर नाली निर्माणमा १२ हजार ३ सय रुपैयाँ, पर्यटन प्रवद्र्धन तथा फोटो प्रदर्शनीमा ८० हजार रुपैयाँ, साँस्कृतिक स्थानीय कला प्रदर्शनमा १६ लाख ५० हजार रुपैयाँ र भ्रमणमा ३ लाख ५० हजार रुपैयाँ गरेर कूल ६१ हजार ६४ हजार ९ सय १९ रुपैयाँ खर्च भएको गुल्मी उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

कूल आम्दानीमा कूल खर्च घटाएर २१ लाख २७ हजार ६ सय ९१ रुपैयाँ नाफा भएको वाणिज्य संघले जनाएको छ । कूल नाफाको ४० प्रतिशत रकम सामाजिक कार्यमा लगानी गर्ने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

SHARE