जीप दुर्घटनामा तीनको मृत्यु,५ घाइते

0
362

जेठ ७,२०७९ मकवानपुर : मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी स्थित सीमखोलामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
५ जना घाइते भएका छन्।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको योद्धा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले घाइतेमध्ये दुईजनालाई उपचारको लागि काठमाडौं र तीनजनालाई हेटौँडा तर्फ पठाइएको जानकारी दिइन्।

घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

SHARE