कारागारमा कैदी झुण्डिएको अवस्थामा फेला

0
516

जेठ ५,२०७९ रोल्पा : जिल्ला कारागारमा गएराति एक पुरुष कैदी झुण्डिएको अवस्थामा भेटिएका छन्।

सुर्खेतको बराहताल गाँउपालिका–१ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह कारागारको शौचालयमा गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए।

शौचालय बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो। जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ।

SHARE