रुरुक्षेत्र गाउँपालिकामा माओवादीका यदु ज्ञवाली विजयी

0
420

जेठ ३,२०७९ गुल्मी : रुरुक्षेत्र गाउँपालिकामा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भएका छन् ।

उनले ५ हजार ८१७ मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। ज्ञवालीका प्रतिद्धन्द्धी एमालेका हिमाल श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी मीनादेवी गौतमले ५ हजार ४५१ मत ल्याएर विजयी भएकी छन् ।उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत प्राप्त गरिन् ।

रुरुक्षेत्र गाउँपालिका नेकपा एमालेका उप महासचिब प्रदीप ज्ञवालीको पालिका हो ।

SHARE