इन्धनको मूल्य १० रुपैयाँले बढ्यो

0
229

काठमाडौं, जेठ १ गते : नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो ।

जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३र१५३ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

निगमले शनिबार जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपियाँ २ पैसा, डिजेलमा ४०रुपियाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा २ रुपियाँ ८१ पैसा नाफा रहेको जनाइएको छ ।

हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपियाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपियाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर एक हजार ५० रुपियाँ ८ पैसा घाटा रहेको जनाइएको छ । निगमलाई १५ दिनमा करिब पाँच अर्ब १९ करोड अझै घाटा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

SHARE