६० बर्षीय मनमायाको मोटरसाइकलको ठक्करबाट मृत्यु

0
224

वैशाख २७,२०७९हेटौंडा :हेटौंडा उपमहानगरपालिका–१५ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार साँझ हेटौंडा–१५ शिखरपानीमा ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीया मनमाया पाख्रिनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएकी पाख्रिनको उपचारको क्रममा हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो।

चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ जनाइएको छ। ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको छ।

SHARE