गुल्मीमा निर्वाचनको अन्तिम मतपरिणम घोषण नभएसम्म मदिरा सेवन गर्न र बिक्रीमा रोक

0
354
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

वैशाख २६ ,२०७९ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको अन्तिम मत परिणम घोषण नभएसम्म मादक पदार्थ सेवन गर्न र बिक्री वितरण गर्नमा रोक लगाएको छ ।


जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार साँझ एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ ,भयरहित र शान्तीपूर्ण तरिकाले सम्पन्न गर्नका लागि मादक पदार्थ सेवन गर्न र बिक्री वितरण गर्नमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनालाई अबज्ञा गरेमा कानुन अनुसारको कारवाही गरेरै छाड्ने प्रशासनले चेतावनी दिएको छ ।

SHARE